पोखरा, २३ फागुन । गण्डकीमा हालसम्म ५ सिटको टुङ्गो लागेको छ ।
कास्कीका २, स्याङ्जा १, मनाङ र मुस्ताङको अन्तिम नतिजा सार्वजनिक भएको हो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ जना उम्मेदवार विजयी हुँदा काँग्रेसका २ जना उम्मेदवारले जितेका छन् ।
रास्वपाबाट कास्की २ मा उत्तमप्रसाद पौडेल, ३ मा विना गुरुङ र स्याङ्जा १ मा धनञ्जय रेग्मी विजयी भएका छन् । उनीहरू तीन जनाले ठुलो अन्तरका साथ जित निकालेका हुन् । यस्तै, काँग्रेसबाट मुस्ताङमा योगेश गौचन विजयी हुँदा मनाङमा टेकबहादुर गुरुङले जितेका छन् ।










प्रतिक्रिया दिनुहोस्