समाचार

श्रीमतीको हत्या गरेर श्रीमान् फरार



काठमाडौँ, २४ फागुन । धनगढीमा श्रीमतीको हत्या गरेर एक व्यक्ति फरार भएका छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको हो ।

जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको खुलेको छ । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् ।

पूर्वशिक्षकसमेत रहेका जोशी घटनापछि फरार भएका छन् । राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।