काठमाडौँ, २४ फागुन । काठमाडौँ उपत्यकाको वायु गुणस्तर बढेको छ ।
पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।
वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौँ उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ ।
प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन् । वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्