Banner News

नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यको आज शपथ



काठमाडौँ, २५ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएको छन् । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।