राजनीति

४ प्रदेशमा नेकपा शून्य



काठमाडौँ, २५ फागुन । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ७ सिट मात्रै जित्न सक्यो ।

अब ३ सिटमा मात्र मत गणना जारी रहेको छ, जहाँ कुनै ठाउँमा पनि यो पार्टीको अग्रता छैन । कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने शून्य बनेको छ। नेकपाले कोशी, मधेश, सुदूरपश्चिम र गण्डकीमा १ सिट पनि प्राप्त गरेन । 

बागमतीमा जम्मा एक सिट मात्रै जितेको छ । सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल निर्वाचित भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट दुई सिट जितेको छ । रोल्पाबाट वर्षमान पुन र रुकुम पूर्वबाट पुष्पकमल दाहाल निर्वाचित भएका छन् । 

कर्णाली प्रदेशबाट भने ४ सिट जित्न सफल भएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् ।