काठमाडौँ, २५ फागुन । पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।
साहले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली उनलाई खोज्न खटिएको थियो । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्