काठमाडौँ, २६ फागुन । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ ।
गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्दै प्रहरीमा खबर पुगेको थियो । शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । २८ वर्षीय मगरु चौधरीले कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्