अर्थ

विभागद्वारा १७ वटा फर्म अनुगमन



काठमाडौँ, २६ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।