अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ फागुन । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।