समाचार

५ जना जुवाडे पक्राउ



काठमाडौँ, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन २३ गते दिउँसो साढे २ बजेतिर छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

जुवाको खालबाट प्रहरीले नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी कानुनी कारबाही अगाडि बढाइएको छ ।

अदालतबाट १० दिनको म्याद लिएर यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।