समाचार

भक्तपुरमा ४१ राउण्ड गोली फेला



काठमाडौँ, २६ फागुन । भक्तपुरमा ४१ राउण्ड गोली भेटिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र रुमालमा पोको पारेर राखिएको अवस्थामा अवस्थामा गोली भेटिएको हो ।

थ्रिनट थ्रि राइफलको २० राउण्ड र अन्य विभिन्न हतियारमा लाग्ने थप २१ राउण्ड गोली भेटिएको हो । सो गोली जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले प्रहरीका युनिटहरुबाट लुटेको आशंका गरिएको छ । सो गोली कुन प्रहरी युनिटबाट लुटिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।