Banner News

समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?



काठमाडौँ, २७ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाखभन्दा बढी मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन् । 

जनता समाजवादी पार्टी, नेपालले १,७४,३०६, राष्ट्रिय परिवर्तन पार्टीले १,७१,४९७ र जनमत पार्टीले ७८,९४९ मत प्राप्त गर्न सफल भएका छन् । मतगणना जारी छ ।