समाचार

काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल बरामद



काठमाडौँ, २७ फागुन । काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल बरामद भएको छ ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुलस्थित खोला छेउको झाडीबाट एक थान पेस्तोल, तीन थान म्याग्जिन र एक सय राउन्ड गोली मंगलबार दिउँसो बरामद गरेको हो । 

प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।