Banner News

कम्युनिष्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ: गोकुल बाँस्कोटा



काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालमा कम्युनिष्टहरु सक्किएको नभई नसच्याएको खण्डमा अर्को पटकको निर्वाचनसम्ममा सकिने दावी गर्नुभएकोछ ।

एमाले र माओवादी केन्द्रबीच बनेको नेकपा फुट्नुले नेपालबाट कम्युनिष्टहरुमाथि जनताको उत्साह घट्दै जानुभएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पाँचवर्ष अघि मैले भनेको थिए, यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभुतपुर्व उत्साह थियो । तर विचार,सगंठन र ब्यबहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कम्जोर । सोभियतसघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ ।’