समाचार

क्रोएशिया र अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ



काठमाडौँ, २९ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र टोखा नगरपालिका-११ बस्ने प्रहरीले दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  

पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई प्रहरीले महानगरपालिका-१५ बाट र सविनालाई प्रहरीले बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल प्रहरीले पठाइएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।