काठमाडौँ, २९ फागुन । आगामी एक वर्षका लागि भारतकाे बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा सहमति भएको छ ।
नेपाल–भारत विद्युत् आदान प्रदान समितिको फागुन २८ र २९ पोखरामा बसेको १७ औँ बैठकमा यस्तो सहमति गरेको हो ।
नेपाल र भारतबिच विद्युत् आदान–प्रदानका लागि पीइसी मार्फत विद्युत् खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ ।
तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यो संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको एक महत्त्वपूर्ण आधारका रूपमा स्थापित भएको प्राधिकरणको भनाइ छ । बैठकले आगामी एक वर्षका लागि विद्युत् खरिद दर निर्धारण गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रेदेव शाक्यले जानकारी दिए ।
नेपाल र भारतबिच विद्युत् आदान–प्रदानका लागि पीइसी मार्फत विद्युत् खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्