राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, १ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ । पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ । 

त्यस्तै बैठकमा निर्वाचनपछिको समीक्षा, आगामी रणनीति बारेमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ।