समाचार

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु



काठमाडौँ, १ चैत । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ ।

काठमाडौँमा पनि हावाहुरीसहित वर्षा सुरु भएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज वर्षा पश्चिमी भूभागबाट सुरु भएको थियो । “यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ,” विभागले भनेको छ ।