समाचार

फरार प्रतिवादी पक्राउ



काठमाडौँ, २ चैत । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२४ वटु घर भई काठमाडौँकाे नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठमाथि सर्वाेच्च अदालतले २०८१ सालकाे भदाै ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना ताेकेकाे थियाे ।

श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइएकाे सीआईबीले जनाएको छ ।