काठमाडौँ, २ चैत । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् ।
आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने स्पष्ट पारेका हुन् । तर, यसको अर्थ राजनीतिबाट हराउनु नभई जनताको अधिकार र पहिचानका लागि सडक र सदन बाहिरबाट निरन्तर सङ्घर्ष गरिरहने उनले बताएका छन् ।
डा.राउतले आफ्ना विगतका दुई वटा संसदीय निर्वाचनका अनुभवहरू साझा गर्दै दुवै पटक व्यक्तिगत इच्छा विपरीत पार्टी र कार्यकर्ताको दबाबमा चुनाव लड्नु परेको खुलासा गरेका छन् । २०७९ सालको निर्वाचनमा आफू नलड्दा पार्टी राष्ट्रिय पार्टी नबन्ने खतरा देखिएपछि साथीहरूको सल्लाहमा निर्वाचन लडेको र त्यसले सकारात्मक परिणाम दिएको उनले स्मरण गरे ।
त्यस्तै, २०८२ को हालैको निर्वाचनमा पनि उम्मेदवार र कार्यकर्ताको मनोबल गिर्न नदिन अन्तिम समयमा मनोनयन दर्ता गरेको तर नतिजा आफ्नो पक्षमा नआए पनि उक्त निर्णयप्रति आफू सन्तुष्ट रहेको उनले बताएका छन्।










प्रतिक्रिया दिनुहोस्