समाचार

ड्याममा एक वृद्ध मृतावस्थामा फेला



काठमाडौँ, २ चैत । लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा आइतबार राति फेला पारेको हो ।

मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन गरेको थियो । सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । धनबहादुरको शवपरीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ ।