काठमाडौँ, ३ चैत । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा निर्वाचनबाट प्राप्त जनादेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदुपयोग गर्नुपर्ने बताएका छन् ।
आज पत्रकार विपुल पोखरेलद्वारा लिखित सङ्कलन पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले निर्वाचनबाट प्राप्त जनादेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदुपयोग गर्नुपर्ने बताएका हुन् ।
विं.सं. २०७२ सालतिर आएको दुई तिहाइको शक्ति कसरी खेर गएको भन्ने विषय सबैलाई अवगत रहेको उल्लेख गर्दै त्यतिबेला प्राप्त बहुमत टिक्न नसकेको स्मरण गराए । लामो समयपछि पुनः दुई तिहाइको जनादेश आएको भन्दै यसलाई सही दिशामा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
पूर्वराष्ट्रपति यादवले नेपालको राजनीतिक आन्दोलनको इतिहास स्मरण गर्दै २००७ सालको क्रान्ति तराई क्षेत्रमा केन्द्रित रहेको र २०४६ सालको जनआन्दोलन देशव्यापी बनेको उल्लेख गरे । उनले गत भदौ २३–२४ गते भएको आन्दोलनबारे विस्तृत मूल्याङ्कन पछि आउने बताउँदै त्यसमा युवाहरूको सक्रिय सहभागिताले आन्दोलन सफल भएको धारणा राखे ।










प्रतिक्रिया दिनुहोस्