अर्थ

तीन फर्मलाई जरिवाना



काठमाडौँ, ४ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।

विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति ट्रेर्डस सप्लायर्स बबरहललाई समान रु पाँच हजार जरिवाना गरेको छ ।

विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुगमन गरिरहेको छ ।