Banner News

रास्वपाको अभिमुखीकरण: सभापति लामिछानेले सम्बोधन गर्ने



काठमाडौँ, ४ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सम्पन्न हुने कार्यतालिका रहेको छ । 

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार सुरु भएको कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह  सहभागी भएका थिएनन् । 

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् । यद्यपि कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन ।