अर्थ

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन



कैलाली, ४ चैत । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा (आठ महिना)को अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ रु १० करोड ५६ लाख र अन्यतर्फ रु एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको हो । कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५.६७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । यो वार्षिक लक्ष्यको ७७.६७ प्रतिशत मात्रै हो ।