राजनीति

काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलको चउरमा कार्यक्रम गर्न रोक



काठमाडौँ, ४ चैत । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ ।