काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेपछि जतिसुकै ठूलो शक्तिले पनि त्यसलाई छेक्न नसक्ने बताएका छन् ।
रास्वपाको अभिमुखीकरणको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानेले अब पुरानो प्रवृत्तिबाट बाहिर आउनुपर्ने धारणा राखे । फागुन २१ को चुनाव ५ वर्षमा आउने नियमति चुनाव नभई जनताले रगत बगाएर आएको चुनाव भएको बताए ।
सभापति लामिछानेले भने, “जनताले परिवर्तन चाहेपछि जतिसुकै ठूलो शक्तिले पनि छेक्न सक्दैन । अब पुरानो प्रवृत्तिबाट बाहिर आउनुपर्नेछ । यो चुनाव ५ वर्षमा आउने नियमति चुनाव होइन । जनताले रगत बगाएर आएको चुनाव हो । त्यसैले हामीलाई हल्का बन्ने छुट तपाईं हामीलाई छैन ।”










प्रतिक्रिया दिनुहोस्