समाचार

हाम्रो साइकल यात्रा र्याली सम्पन्न



काठमाडौँ, ४ चैत । फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्यालीको उद्घाटन गर्दै उनले भने, यो केवल साइकल यात्रा होइन, हामीले वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुरयाई रहेका नायकहरुलाई सम्मान गर्ने अवसर भएको बताइन ।

युरोपियन युनियनको सहयोगमा सन्चालिन ग्रीनसिफ्ट परियोजना अन्तर्गत ग्लोबल रिसाइक्लिङ डे २०२६ को अवसरमा आयोजित कार्यक्रममा ४०० भन्दा बढीको सहभागिताा साइकल र्याली सम्पन्न भएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन ।
महासचिव सुवेदीले दिएको जानकारी अनुसार फोहोरमैला व्यवस्थापन, पुनःप्रयोग (रिसाइक्लिङ) तथा चक्रिय अर्थतन्त्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताइन ।

फोहोर होइन अवसर सोचौं मुल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन । कार्यक्रममा रिसाइक्लिङ व्यवसाय, हरित रोजगारी र दिगो विकास प्रवद्र्धनमा जोड दिइएको थियो ।

हाम्रो साइकल यात्रा कार्यक्रम बिहान ललितपुरको शंखमुलबाट सुरु भएर, बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुनाबाट जावलाखेल निकिस्दै पुलचोक हुदैं कुपण्डोलबाट पुनः बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा काठमाडौं उपत्यकाका करिब २०० जना फोहोर संकलनकर्ताको सहभागितामा साइकल र्याली आयोजना गरिएको थियो। याला दरबार भेन्यु, शंखमूलबाट सुरु भएको र्याली विभिन्न स्थानहरू परिक्रमा गर्दै पुनः सोही स्थानमा आएर समापन भएको थियो। र्यालीमार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ ।