काठमाडौँ, ५ चैत । नेकपा एमालेका नेता गोकुल बास्कोटाले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जितलाई जनताको रोजाइका रूपमा स्विकार्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकारले कसरी काम गर्छ भन्ने कुरा उनीहरूकै हातमा रहेको उल्लेख गरे।
उनले भनेका छन्, “रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !”










प्रतिक्रिया दिनुहोस्