काठमाडौँ, ५ चैत । काठमाडौँको जोरपाटीमा ग्याङफाइट भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मंगलबारराति भएको घटनाको भिडियो अहिले सञ्जालमा भाइरल बनिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, ग्याङफाइटमा संलग्न चारजनालाई पक्राउ गरिएको छ ।
प्रहरी घटनास्थलमा पुग्दा शान्त भइसकेको थियो । त्यतिबेला दुईजनालाई पक्राउ गरिएको थियो । बुधबार बिहान अरू दुईजनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली घर भई सामाखुसी बस्ने १९ वर्षीय खगेन्द्र मल्ल, काभ्रे घर भई ललितपुर बस्ने २० वर्षीय माधव तामाङ, काभ्रे बनेपा घर भई हाल टोखा बस्ने १७ वर्षीय सलिन तामाङ र सिन्धुपाल्चोक घर भई टोखा बस्ने १६ वर्षीय सुसान्त तामाङ रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्