काठमाडाैँ, ५ चैत । नेपालमा हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागकाे सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
बिहीबार प्राधिकरणले सूचना जारी गर्दै प्रि मनसुनको अवधि पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरेकाे हाे । उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गरेकाे हाे ।











प्रतिक्रिया दिनुहोस्