काठमाडौँ, ५ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.६९ अङ्कले बढेर दुई हजार ८७७.०३ को बिन्दुमा कायम भएको छ । यो २.३० प्रतिशतको वृद्धि हो ।
आज २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर एक लाख ९१ हजार २५१ पटक खरिद बिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६.९८ को कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार मङ्गलबार रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।
विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको छ । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.३०, लगानी १.७७, जीवन बिमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बिमा १.८०, अन्य १.९७ र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको सेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया दिनुहोस्