समाचार

माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु



जुम्ला, ५ चैत ।  घर पाेत्ने माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो । चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए ।

घर लिप्ने माटो खन्ने क्रममा कृष्णमाया र ४० वर्षीया तारा घर्तीलाई माटोको ढिस्कोले पुरेको थियो । घर्ती भने उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेकी छन् ।