काठमाडौँ, ६ चैत । चैत १३ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । रास्वपाका शीर्ष नेताबीच बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय रहने समझदारी बनेको छ ।
बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी बैठकमा प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे परामर्श भएको छ । सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ ।
शीर्ष नेताहरूबीचको बैठकमा मन्त्रिपरिषद्मा कति सदस्य सहभागी हुने भन्नेबारे पनि सामान्य छलफल भएको छ । बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय हुने समझदारी बनेको छ । मन्त्री कसलाई बनाउने र कति जना हुने भन्ने विषयमा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच थप छलफल हुने नेताहरूको भनाइ छ । सांसद पदको शपथ लिनुपहिले नै केन्द्रीय समितिको बैठक बसेर विधान संशोधन गर्नेबारे पनि शीर्ष नेताहरूबीच छलफल भएको छ ।










प्रतिक्रिया दिनुहोस्