काठमाडौँ, ६ चैत । देशका केही स्थानमा यति बेला दिउँसो आज पानी परिरहेको छ । पश्चिम नेपालका केही भूभागसहितका स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँमा पनि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ । त्यस्तै ललितपुर, भक्तपुरमा समेत वर्षा भएको छ ।
पश्चिमी वायुको पानी पार्ने ठूलो प्रणाली पोखरातिर लागेको बताइएको छ । पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल, पोखरा पुग्दै छ भने काठमाडौँको दक्षिणी भागमा – भैँसेपाटी, गोदावरीमा वर्षा हुन सुरु गरेको छ ।
अबको केही घण्टामै यो प्रणाली थप सक्रिय हुने र हावाहुरी, असिनापानी बढ्दै जाने सम्भावना बलियो रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्