काठमाडौँ, ६ चैत । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गरेको हो । सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्