गुल्मी, ७ चैत । गुल्मीका विभिन्न ठाउँमा हिजो परेको चट्याङ्गले लागेर ६ जना घाइते भएका छन् ।
मालिका गाउँपालिका–२ दर्लिङमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
हिजो नै मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङ्गले लागेर ६४ वर्षीय नारायण थापासहित उहाँका नातिनीहरू ३ वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरी सामान्य घाइते भएको प्रहरीले जानकारी दियो ।










प्रतिक्रिया दिनुहोस्