राजनीति

निर्वाचन सम्पन्न भएकोमा चीनद्वारा बधाई ज्ञापन



काठमाडौँ, ७ चैत । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा बधाई ज्ञापन गरेको छ ।

चीनले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।

चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।