काठमाडौँ, ७ चैत । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
बुटवल पुगेका नेता पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने बताउदै उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३/४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ।’










प्रतिक्रिया दिनुहोस्