काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।










प्रतिक्रिया दिनुहोस्