काठमाडौँ, ८ चैत । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
लोहनीले आइतबार सो पदबाट राजीनामा दिएका हुन् । उनले हालै सम्पन्न आम चुनावमा पार्टीको आन्तरिक तथा अन्य विविध कारणले प्राप्त निराशाजनक परिणामले आफूलाई स्तब्ध बनाएको बताउँदै पार्टी पदाधिकारीतर्फबाट मार्ग प्रशस्त गर्न निर्देशन समितिबाट राजीनामा दिएको बताएका छन् ।
पदाधिकारीले तत्काल मार्ग प्रशस्त जनभावना अनुरुप तदर्थ समितिमार्फत महाधिवेशन गरी सो उप्रान्त जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी उक्त जिम्मेवारीबाट अलग भएको उनले उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्