अर्थ

एक फर्मलाई जरिवाना



काठमाडौँ, ९ चैत । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई जरिवाना गरेको छ ।

आइतबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुनधारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ ।