काठमाडौँ, ९ चैत । चालु आर्थिक वर्षको साउन–फागुनसम्म आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा भारतमा मात्रै १ खर्ब ५६ अर्ब ६६ करोड ४४ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले बताएको छ ।
गत आर्थिक वर्षको साउन–फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात र १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९१ प्रतिशत छ भने आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको र निर्यातको हिस्सा सामान्य बढेको देखिन्छ । गत आर्थिक वर्षको ८ महिनामा कुल व्यापारमा आयातको हिस्सा ८७.८७ र निर्यातको हिस्सा १२.१३ प्रतिशत थियो ।









प्रतिक्रिया दिनुहोस्