काठमाडौँ, ९ चैत । सुर्खेतमा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका-१० बाट २ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली छन् ।








प्रतिक्रिया दिनुहोस्