राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।