अर्थ

नेप्से परिसूचक २०.७० अंकले बढ्यो



काठमाडौँ, १० चैत । सेयर बजार नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ ।

आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै केही उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सुखद अन्त्य गरेको हो । 

बजार सूचकसँगै कारोबार रकम समेत उल्लेख्य छ । दिनभर भएका १ लाख २५ हजार कारोबारमार्फत ३४१ वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कूल १४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा आज कुल ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै १३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो । आज तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।