समाचार

ट्राफिकले एकै दिन उठायो १२ लाख जरिवाना



काठमाडौँ, ११ चैत । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको चिट तथा जरिवाना काटिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले चिट काट्दै आएको छ । जेनजी आन्दोलनपछि ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढेको ट्राफिकले बताएको छ ।