काठमाडौँ, ११ चैत । कान्तिलोकपथअन्तर्गत मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका–११, घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सोही स्थानका ट्रक चालक ३३ वर्षीय कृष्ण यादवलाई भने उपचारका लागि चितवन पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्