समाचार

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ



काठमाडौँ, ११ चैत । कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।