समाचार

सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु



काठमाडौँ, १२ चैत । रसुवामा डिब्बा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कालीकास्थानका अनुसार मृत्यु हुनेमा चालक रसुवाको कालीका गाउँपालिका–१, राम्चेका ३९ वर्षीय पासाङ तामाङ र गाडीमा सवार सोही गाउँपालिका–२ का २६ वर्षीय पेम्बा छेवाङ थोक्रा छन् । 

पासाङ ल्हामु सडकखण्डमा कालीकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नम्बरको खाली डिब्बा गाडी बुधबार राति सडकबाट १५० मिटर तल खसेको जनाएको छ । 

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।